अर्थ

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।



काठमाडौं मङ्सिर १७।नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम भएको हाे। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य वृद्धि भई तोलाको १ लाख २० हजार ८०० रुपैयाँ पुगेकाे  छ।यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २० हजार २०० रुपैयाँ पुगेको छ भने चाँदी तोलाको १ हजार ५४५ रुपैयाँमा कारोवार भएकाे कुरा सुन चादि महासंघले बताएको  छ।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार, ,