back

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

तातोपानी । चीनसँग जोडिएको उत्तरी तातोपानी नाका ब्यापार सहजीकरण सम्बन्धी सोमबार छलफल भयो ।
२ नम्बर वडा कार्यालयको आयोजनामा तातोपानीको स्मल हेभनमा भएको कार्यक्रममा भोटेकोशी गाउँपालिकाका प्रमुख पासाङनुर्पु शेर्पा, प्रमुख भन्सार अधिकृत दयानन्द केसी, प्रहरी प्रमुख, सीमा सुरक्षाबल कोदारी, स्थानीय जनप्रतिनिधि लगाएत सरकोकारवालाहरु सहभागी थिए । तर जे उद्देश्यले छलफल आयोजना गरिएपनि भनेजतिका सरोकारवालाहरु उपस्थित हुन नसकेको भोटेकोशी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । ‘हिजोको दिनहरुमा नाकामा असहज भयो । चेक जाँचको क्रममा दुर्ब्यबहार भयो, सामन छोडेन जस्ता आदि ईत्यादी समस्याहरु भयो भन्ने महानुभावहरुको भने उपस्थिती नै रहेन’, वडाअध्यक्ष श्रेष्ठले भने ।
नाकामा गुण्डागर्दि मौलाएको, नराम्रो काम नगर्न सुझाब दिदा खोला हाल्छु सम्मको धम्की दिएको कार्यक्रममा एक सहभागीले आक्रोस पोखे । निषेधित सामान ल्याउन पाउनुपर्ने केहीको माग असान्दर्भिक रहेको एक सहभागीले बताए । केही ब्यक्तिको बलमिच्याइले अरु सर्वसाधारणले दुःख पाएको दुखे मैले । एक दुई जनाको रबैका कारण सिमारहेका अन्यले दुःख पाउनु ठिक नभएको उनको भनाई छ । ‘कर्मचारीको न इज्जत छ न सुरक्षा न सर्वसाधारणले नियमको पालाना गर्छन अनि कसरी हुन्छ ?’
दिनम एकचोटिको लागि मात्र प्रवेश गर्ने नियम बनाइदिनु राम्रो हने उनीहरुको भनाई छ । विभिन्न तरिकाबाट माधक पर्दाथ ओसारपसार गर्ने लभालस्कार हुने उनको तर्क छ । लिपिङ पारी सुरक्षा कर्मीहरु पनि मुखदर्शक भयर हेरिराको हुन्छ त्यहि मानिसहर शरीरभरी रक्सी बाँधेर वारि नेपाल पार गर्ने गरको उनको दावी छ । यसमा सरकारी निकायको ध्यानाकर्षण हुन जरुरी रहेको उनले बताए ।
यसैबीच उक्त अन्तरक्रिया कार्यक्रमममा सरोकारवालाहरुले नाकामा अवान्छित गतिविधि रोक्ने प्रतिवद्वता जनाएका छन् । नाकाबाट मादक पदार्थ लगाएत अवैध कारोबारलाई निरुत्साहित गरिने सरोकारवालाबीच सहमति भएको २ नम्बर वडाका वडाअध्यक्ष कुमार श्रेष्ठले बताए ।


सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२५

काठमाडौं मङ्सिर १७।नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड...

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:१५

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने...

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:०३

काठमाडौ । आज  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक...

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:१९

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आफ्नै घरमा नजरबन्द गरिएको...

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१८

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष...

सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

वि.सं.२०८० मंसिर ३ आइतवार ०७:५६

काठमाडौ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ वत्र बसी अस्ताउँदो...