सवारी दुर्घटनामा परि सात जनाको मृत्यु

काठमाडौं,१५ वैशाख । अर्घाखाँची, सन्धीखर्क नगरपालिका-१० ढुङ्गे देउरालीस्थित सडकमा अर्घा मन्दिरबाट सन्धीखर्कतर्फ जाँदै गरेको लु.६० प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक स्याङ्जा वालिङ नगरपालिका-८ बस्ने ६० वर्षीय डम्बर बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा…