देश / प्रदेश

यस वर्षको मनसुनमा कोशी र मधेस धेरै प्रभावित हुने



काठमाडौँ – यस वर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो। तेस्रोमा लुम्बिनी पनि प्रभावित हुने प्राधिकरणको अनुमान छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मनसुन अवधिमा कोशीमा एक लाख १३ हजार परिवारका झण्डै पाँच लाख मानिस विपद्‌बाट कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार, ,