काठमाडौँ । नेपाल सरकारले संयुक्त राज्य अमेरिका र इरान बीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा दुई साताका लागि गरिएको युद्धविरामलाई पश्चिम एसियामा बढ्दो तनाव कम गर्ने सकारात्मक कदमका रूपमा व्याख्या गरिएको छ। यसले संवाद, कूटनीति र मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर सिर्जना गर्ने विश्वास सरकारको छ। सरकारले…