राजनीति

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरूको भेला सुरु



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूको भेला थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा सुरु भएको छ। भेलामा महामन्त्री गगन थापा निकट केन्द्रीय सदस्यहरू समेत सहभागी भएका छन्।

केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनबारे कुनै ठोस निर्णय गर्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका नेताहरूले यो भेला बोलाएका हुन्।

कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रिया सम्बन्धी विवाद तीव्र बनेको छ। संस्थापनइतर समूहले आगामी मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने माग गरेको छ भने संस्थापन पक्षले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ।

प्रकाशित : १८ कार्तिक २०८२, मंगलबार, ,