काठमाडौँ । राप्रपा नेतृ खुस्बु ओलीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा पहिलो पटक महिला कार्यकारी पदमा पुग्दा पनि सरकारमा महिला सहभागिता न्यून रहेकोमा प्रश्न उठाएकी छन्।
गत भदौ २७ गते प्रधानमन्त्री बनेकी सुशीला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनीसहित केवल दुई जना महिला मात्र मन्त्रालयमा रहेका छन्। हालको १० सदस्यीय मन्त्रिपरिषद्मा महिला–पुरुष अनुपात २:८ रहेको छ।
युवा नेतृ ओलीले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “महिला सक्षम र प्रतिस्पर्धी हुँदा पनि जब सरकारमा मन्त्रीको आँकडा ८ पुरुष : १ महिला रहन्छ, समस्या क्षमता होइन, सोच हो।”
उनी थप लेख्छिन्, “मलाई लाग्थ्यो कि नेपालको राजनीतिमा महिलाको प्रतिनिधित्व कम हुनुको कारण शक्ति नेतृत्व गर्ने दलहरूको हरेक कुनामा पुरुषहरूको प्रभुत्व हुनु हो। तर आज, देश महिला प्रधानमन्त्रीको नेतृत्वमा हुँदा पनि वास्तविकता परिवर्तन भएको छैन।”
ओलीले भनिन्, “मैले सोचेको थिएँ कि परिस्थिति उल्टिनेछ, महिला नेतृत्वको अर्थ धेरैका लागि ठाउँ हुनेछ। तर फेरि एक पटक, प्रणालीले हामीलाई देखाएको छ कि अनुहार परिवर्तनको अर्थ सधैं जगमा परिवर्तन हुँदैन।”























प्रतिक्रिया