राजनीति

मेलम्ची–११ मा राप्रपाको वडा अधिवेशन सम्पन्न, रामबहादुर तामाङसहित १५ सदस्यीय टिम निर्विरोध निर्वाचित



मेलम्ची नगरपालिका–११ मा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा अधिवेशनबाट रामबहादुर तामाङसहित १५ सदस्यीय टिम निर्विरोध निर्वाचित भएका छन्।

उनिहरुलाई निर्विरोध निर्वाचित भई प्रमाणपत्र प्रदान गरिएको बताइएको छ । निर्वाचित कार्यसमितिलाई केन्द्रिय सदस्य जयप्रकाश गुरागाई, , प्रदेश सांसद एवम क्षेत्रीय अध्यक्ष कुमारी तामाङ,,मेलम्ची अध्यक्ष रामशरण महरा , शेषबहादुर तामाङ लगायतले शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गर्नुभयो।

कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको बताइएको छ। उपस्थित नेताहरुले यसलाई मेलम्चीको लागि आशा लाग्दो र उत्साहजनक कदमको रूपमा लिएका छन्।

प्रकाशित : २१ भाद्र २०८२, शनिबार, ,