back
noc

सिन्धुमा एमाले प्रवेश गर्नेकाे ताँती

नेकपा एमाले पुर्ववत अवस्थामा फर्कीएपछि पछिल्लो दुई सातायता अन्य पार्टी त्याग्दै एमालमा प्रवेशको लहर चलेको छ। शनिबार बाह्रबिसे नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा बाह्रबिसे नगरका दर्जनौँले एमाले प्रवेश गरेका छन् । नव प्रवेशीलाई एमाले नेता एवम बागमती प्रदेश सरकारका पूर्व मन्त्रीद्वय अरुण नेपाल र सरेश नेपालले अविर र खादा लगाएर स्वागत गर्नुभयो । 
नेपाली काँग्रेस र माओवादी केन्द्रका प्रभावशाली नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेको बाह्रबिसे एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो । बाह्रबिसे ९ का सुन्दर लामा, बाह्रविसे ४ का सुरेश श्रेष्ठ लगायत एक सय भन्दा बढि एमालेमा प्रवेश गरेका छन् । सुरेश श्रेष्ठ स्थानीय तह निर्वाचन ०७४ मा बाह्रविसे –४ मा माओवादीबाट वडाध्यक्षका उमेदवार थिए । माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरबाट पत्रकार तारा नेपाल(प्रकृति) पनि एमाले प्रवेश गर्दै प्रेस चौतारीमा आवद्ध भएकी छन् ।

नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले नेता एवम प्रदेश सरकारका पूर्व मन्त्री अरुण नेपालले एकढिक्का भएर पार्टी गतिबिधि र कार्यक्रममा लाग्न कार्यकर्ता पंक्तिमा आग्रह गर्नुभयो । साेहि कार्यक्रममा बोल्दै बागमती प्रदेश कमिटी सदस्य तथा एमाले स्थानिय नेता टपिन्द्र तिमिल्सिनाले एमाले छाडेर जानेहरुलाई पार्टीमा फर्कन समेत आग्रह गर्दै नेता तिमल्सिनाले शेरबहादुर देउवालाई सत्ता सुम्पिएर समाजवाद नआउने दावी गर्नुभयो । अहिले चोइटिएर जानेहरुका लागि पार्टीमा ढोका खुल्ला नै छ, काँग्रेससँग लड्न अब एमाले एकताबद्ध भएर लाग्नेछ’,नेता तिमल्सिनाले भन्नुभयो, ‘शेरबहादुर देउवाका पछि लागेर समाजवाद आउँदैन ।’
एमाले नेता एवम प्रदेश सरकारका पूर्व मन्त्री सरेश नेपालले एमाले विभाजन गरिदिन बाहीरी शक्ति ज्यान फालेर लागेको भन्दै सभामुख अग्नि सापकोटाको भुमिका प्रति कटाक्ष गर्नुभयो । ‘हिजो परिस्थितीले हामी विभाजित बन्यौँ, अव एकताबद्ध भएर लाग्नुको बिकल्प छैन’, नेपालले भन्नुभयो, ‘हामीले जिताएर पठाएका अग्नि सापकोटा आज सभामुख बनेर हामीलाई फुटाउन ज्यान फालेर लागिरहेका छन्, त्यसको एक एक हिसाब किताब गर्न हामी एकढिक्का बनेर लाग्नुपर्दछ ।’
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव एवम लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल, बाह्रबिसे नगरपालिकाकी उपमेयर शुशिला पाख्रिन लगायतले नवप्रवेशीलाई स्वागत र अगुवा कार्यकर्तालाई एकताबद्ध भएर पार्टीको झण्डा उठाउन आग्रह गर्नुभयो ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...