back

प्रभावकारी बन्दै चौतारामा “जनता सँग मेयर” कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाले शुरु गरेको “जनता सँग मेयर” कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाको प्रत्येक बस्तिमा पुगेर जनता संग प्रत्यक्ष छलफल गरि नयाँ कार्यक्रम तय गर्ने उद्येश्यले गत सालबाट नै सो कार्यक्रम शुरु गरेको थियो ।

नगरपालिकामा हुने बिकास निर्माणका कामहरु संचालन गर्न प्रत्यक्ष नगरबासिकै घर दैलोमा पुगेर आबश्यकता पहिचान गरि बिकासका कार्यक्रम संचालन गर्ने अभियान शुरु गरेको नगर प्रमुखका स्वकिय सचिब रोहित शर्माले जानकारी दिए ।

सोहि अभियान अनुसार शनिबार नगरपािलका वडा नं.९ इर्खुमा सो कार्यक्रम सम्पन्न भएको छ । नगरबासीको गुनासो र आबश्यकता बुझ्न इर्खु पुगेका नगर प्रमुख अमान सिं तामाङले कसैलाई पनि भेदभाव नगरि बजेट तथा कार्यक्रमहरु संचालन गरेको अवगत गराउदै अब पनि पालिका बासिको आबश्यकता हेरेर कार्यक्रमहरु तय गर्ने बताए । उनले भने, “नयाँ शिराबाट अगाडि बढनको लागि गाँउगाँउमा पुगेर योजना छनोट गर्ने कार्यको शुरुवाति भएको थियो यसको प्रभावकारीता बढदै गएपछि यो कार्यक्रमले निरन्तरता पाएको हो ।

सो कार्यक्रममा नरसिंह पातला देवी मन्दिर निमार्णको लागि नगरप्रमुख तामाङले रु ३ लाख बजेट समेत बिनियोजन गरेका छन् । मन्दिर परिसरमा भएको सो कार्यक्रममा उपस्थित सबै स्थानीयको माग मन्दिर निर्माण रहको र प्रभावकारी समेत सोही हुने हुँदा सो मन्दिरको लागि बजेट दिने घोषणा गरेको समेत तामाङले जानकारी दिए । अब निवेदन बोकेर नगरपािलका पुग्नेहरुको योजना पास हुने छैन, कुन योजना कति आबश्यक छ आफुनै बस्ति बस्तिमा नै पुगेर बास्तबिक र अति आबश्यकका योजना छनोट गरि बजेट बिनियोजन गरिने समेत उनले बताए ।

नगरपालिका वडा नं ९ का वडाध्यक्ष तिर्थबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य तथा खेलकुद संयोजक उजार सीं तामाङ, नगर कार्यपालिका सदस्य तथा माओवादी केन्द्रका नगर कमिटि सदस्य सागर परियार, सोही वडाका पार्टी वडा कमिटि अध्यक्ष रामकृष्ण दंगाल लगायत अतिथिको उपस्थिति रहेको थियो ।


बनेपा नगरपालिका
सुनको मु्ल्य एकैदिन तोलामा चार हजार रुपैयाँले घट्यो

सुनको मु्ल्य एकैदिन तोलामा चार हजार रुपैयाँले घट्यो

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १८:४०

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज...

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:२९

वासिङ्टन । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०९:३३

महोत्तरी- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक...

महिला फुटबलमा दर्शकको ‘क्रेज’

महिला फुटबलमा दर्शकको ‘क्रेज’

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४७

काठमाडौँ । खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु...

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४०

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,...

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...