back

अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि …

अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् ।

सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दावी गरे ।

सरकारले महामारी सङ्क्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य सङ्कटकालको उपायको विरोध गर्दै भएका लकडाउनविरोधी ठूला प्रदर्शनको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन निन्दा गर्नुभएको छ । प्रदर्शनका सहभागीहरूलाई ‘स्वार्थी तथा स्वयं पराजित व्यक्ति’ को सङ्ज्ञा दिँदै तिनले कोरोनाभाइरस फैलाउने जोखिम भएको प्रधानमन्त्री मोरिसनले बताउनुभयो ।

मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै चामत्कारिक उपाय नभएको उहाँले बताउनुभयो । यसैबीच न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताउनुभएको छ ।

विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड–१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ।

अधिकारीहरूका अनुसार शनिबार भएका प्रदर्शनका क्रममा ५७ प्रदर्शनकारी पक्राउ परेका छन् । अस्ट्रेलियाको सरकारले सङ्क्रमणको नयाँ लहर सुरु भएपछि देशभरि पुनः लकडाउन लगाएको छ।

अतिसङ्क्रामक ‘डेल्टा भेरिअन्ट’को आगमनसँगै त्यहाँ विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ ।

विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ। त्यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अस्ट्रेलियामा हालसम्म ३२ हजार ५९४ जनामा सङ्क्रमण भएको र ९१६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको देखेन्छि ।


एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

वि.सं.२०८० भदौ २८ बिहीवार ०९:४३

काठमाडौं।संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज...

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

वि.सं.२०८० भदौ २७ बुधवार २०:१४

सिन्धुपाल्चोक। बाढी,पहिरोबाट प्रभावित पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख...

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

वि.सं.२०८० भदौ २७ बुधवार १४:३१

काठमाडौं ।परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा संस्थाको...

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

वि.सं.२०८० भदौ २४ आइतवार ०७:३८

काठमाडौं ।नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि....

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

वि.सं.२०८० भदौ २० बुधवार १३:५३

काठमाडौं।कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १०...

आज कृष्ण जन्माष्टमी मनाइँदै

आज कृष्ण जन्माष्टमी मनाइँदै

वि.सं.२०८० भदौ २० बुधवार १२:१६

काठमाडाैं भदौ २०। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज (बुधबार)...