देश / प्रदेश

आज देशभर सामान्यदेखि पूर्ण बदली हुने


१६ श्रावण २०७८, शनिबार, ,


आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठुलो वर्षा हुने सम्भावना रहको छ ।

देशका बाँकी भागको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार काठमाडौं उपत्यकामा पनि बदली हुने सम्भावना रहेको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर २७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।

प्रकाशित : १६ श्रावण २०७८, शनिबार, ,