काठमाडौँ,जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताएका छन्।
बिहीवार नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कम्युनिष्टहरु विश्वमै सक्किसकेको बताउँदै नेपालमा भने केही बढिरहेको उल्लेख गरे।
उनले अहिलेका कम्युनिष्टहरु विगतका कम्युनिष्टहरु जस्तो नरहेको जिकिर गरे। कम्युनिष्टहरु अहिले डेमोक्रेट भइसकेको बताउँदै नेपालका कम्युनिष्टहरुलाई कम्युनिष्ट भन्न नमिल्ने तर्क गरे।
अहिलेको संविधानअनुसार मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उनीहरूलाई कम्युनिष्ट भनिरहनु नपर्ने उनले बताए।
























प्रतिक्रिया