खेलकूद

नेपाल–यूएई टी–२० सिरिज आजदेखि, कीर्तिपुरमा साँझ ५ बजे पहिलो खेल



काठमाडौं । नेपालले आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग दुई खेलको टी–२० सिरिजको पहिलो खेल खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ५ बजे सुरु हुनेछ।

नेपाल र यूएई साढे दुई वर्षपछि कीर्तिपुरमा आमनेसामने हुन लागेका हुन्। नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन्।

युवा खेलाडीको बाहुल्यता रहेको टोलीबाट नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, गुलशन झा, सन्दीप लामिछानेलगायत खेलाडी समावेश छन्।

सिरिजको दोस्रो खेल भोलि हुनेछ। रात्रिकालीन खेलका लागि टिकट ‘खल्ती’ एपमार्फत उपलब्ध गराइएको छ।

प्रकाशित : ७ बैशाख २०८३, सोमबार, ,