सरकारविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएको रिटको सुनुवाइ आज हुँदैछ। रिटमा विश्वासको मत नलिएको कारण सरकारले कामचलाउ अवस्थामा मात्र कार्य गर्नुपर्ने माग गरिएको छ।
सुनुवाइ सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा हुनेछ। यसअघि न्यायाधीश सुनिलकुमार पोख्रेलको एकल इजलासले सरकारलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएका थिए र रिटमा ‘अन्तरिम आदेश किन नगर्ने ?’ भनी छलफलको निर्देश दिएका थिए।
रिट भदौ ५ गते अधिवक्ता वीरेन्द्र केसीले दायर गरेका थिए। उनी प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएकाले पदमुक्त हुनुपर्ने माग गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले असार २२ गते समर्थन फिर्ता लिएका थिए।
संविधानअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। रिटमा प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दै विश्वासको मत नलिएको दाबी गरिएको र आफ्नो पदमुक्ति घोषणा गर्न आदेश दिनुपर्ने माग गरिएको छ। साथै, ओलीको नेतृत्वमा रहेको सरकारलाई केवल दैनिकी कामकाज गर्ने कामचलाउ सरकारको सीमित अधिकार मात्र दिने आदेशको माग पनि गरिएको छ।























प्रतिक्रिया