मुख्य समाचार

राष्ट्रपति पौडेलद्वारा महानवमीको अवसरमा नवकन्या पूजा



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको नवौँ दिन महानवमीको अवसरमा नवकन्याहरूको पूजा गरेका छन् ।

बुधवार शितलनिवासमा सम्पन्न कार्यक्रममा राष्ट्रपति पौडेलले वैदिक विधिअनुसार नौ कन्यालाई नवदुर्गाको प्रतीक मानेर पूजा अर्चना गरेका हुन् ।

हिन्दु धर्मशास्त्रअनुसार दशैँको पहिलो दिनदेखि क्रमशः शैलपुत्री, व्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिन्छ । त्यस्तै, विजया दशमीमा एकदेखि नौ वर्षसम्मका कन्याको पूजा गर्ने परम्परा छ ।

यद्यपि सजिलोका लागि प्रायः महानवमीकै दिन सबै कन्याको सामूहिक पूजा गर्ने प्रचलन रहेको छ । यसैअनुरूप आज राष्ट्रपति पौडेलले शितलनिवासमा नौ कन्यालाई पूजा गरी दुर्गा भवानीको आशिर्वाद ग्रहण गरे ।

प्रकाशित : १५ आश्विन २०८२, बुधबार, ,