काठमाडौँ, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो ।
सरकारले फागुन २१ गते चुनावको घोषणा गरेसँगै नयाँ मतदाताको नाम संकलनको बाटो खुला गर्न मतदाता नमावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।























प्रतिक्रिया