चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार दिउँसो खसेको ठूलो पहिरो अझै पन्छाउन सकिएको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तुइन खोलाको पुल नजिक साँझ करिब ४ः५० बजे खसेको पहिरोले बाटो पूर्णरूपमा रोकिएको छ।
प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको सूचनामा पहिरो हटाउने काम आज दिनभर चल्ने अनुमान गरिएको छ। “सडक अवरुद्ध भएको कारण यात्रु तथा सवारी साधनका चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दछौं,” सूचनामा भनिएको छ।
गत सातादेखि नै तुइन खोलामा लगातार पहिरो खस्दा यस खण्डमा आवागमन अवरुद्ध हुँदै आएको छ। दशैँका लागि घरतर्फ लागेका हजारौं यात्रु बाटैमा रोकिँदा असुविधा झेलिरहेका छन्।























प्रतिक्रिया