काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज साँझ ६ बजेपछि बालुवाटारमा बस्ने तय भएको छ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज देशभर जेन–जी पुस्ता सडकमा उत्रिएपछि सरकार गम्भीर बनेको छ। बैठकमा जेन–जी आन्दोलन, विरोध प्रदर्शनका क्रममा उत्पन्न परिस्थिति र समसामयिक राजनीतिक मुद्दामा छलफल हुने बताइएको छ।
यसैबीच, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सरकारमाथि निर्णय फिर्ता लिन दबाब बढाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले यस विषयमा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष सम्पर्क राख्दै सरकारको कदमप्रति असहमति जनाएका छन्।























प्रतिक्रिया