मुख्य समाचार

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, कर्फ्यु आदेश जारी



काठमाडौँ । नयाँ बानेश्वरमा जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ।

हाल नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

जेन–जी पुस्ताको प्रदर्शन आक्रामक बनेपछि प्रशासनले काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । प्रदर्शनकारी संसद् भवनभित्र छिरेपछि मन्त्री लेखकले कर्फ्युको लागि निर्देशन दिएका हुन् ।

प्रशासनले सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको हो।

प्रकाशित : २३ भाद्र २०८२, सोमबार, ,