काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य दुई लाख १० हजार २०० रुपैयाँमा सीमित थियो । त्यसको तुलनामा आज प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।
यसैगरी, चाँदी प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५ सय रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
सुन–चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ ।























प्रतिक्रिया