अन्तरराष्ट्रिय

ट्रफी जित्ने लक्ष्यसहित आज सामाओविरुद्ध खेल्दै नेपाल, खेल आज दिउँसो ४:१५ बजे सुरु



काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्स चरणको अन्तिम खेलमा नेपाल आज सामाओविरुद्ध खेल्दैछ। खेल आज दिउँसो ४:१५ बजे सुरु हुने छ।

यसअघि बिहान ११:४५ बजे जापान र ओमानबीचको खेल हुँदैछ। हाल अंक तालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ र विश्वकपका लागि छनोट भइसकेको छ। आजको खेलमा नेपालले सामाओलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ।

उता, सामाओ भने विश्वकपको दौडबाट बाहिरिइसकेको छ र उसले सुपर सिक्स चरणमा अहिलेसम्म कुनै जित हासिल गर्न सकेको छैन।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा १५ खेलाडी छन्  ।

रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी।

नेपालले आजको खेल जित्दै विश्वकप छनौट प्रतियोगिताको ट्रफी सहित घर फर्किने लक्ष्य लिएको छ।

प्रकाशित : ३१ आश्विन २०८२, शुक्रबार, ,