काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हिजाे बसेको बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो । बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिँदै यसअघि पुस २६ देखि २८ गतेसम्मका लागि तोकिएको महाधिवेशन समय अभावका कारण सारिएको बताए…