breaking news

नेप्सेमा हरियाली, ४७ अंकले बढ्दा पाँच अर्ब ५३ करोडको कारोबार



काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ४७ दशमलव ५५ अंकले बढेर २६ सय ३३ दशमलव ४२ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव २५ अंकले बढेर चार सय ५६ दशमलव ७८ अंकमा चढेको छ । तीन सय २८ वटा कम्पनीहरुको ८९ हजार दुई सय ५१ पटकको कारोबारमा एक करोड ३४ लाख ६८ हजार एक सय ४५ कित्ता शेयर किनबेच भएका छन भने कारोबार रकम पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दशमलव ५३ अंकले बढेर १३ सय ७२ दशमलव ४७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६५ दशमलव शुन्य तीन अंकले बढेर ३३ सय ५७ दशमलव ९७ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ४७ दशमलव १६ अंकले बढेर १३ हजार ७१ दशमलव ७६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ८३ दशमलव ८५ अंकले बढेर १० हजार नौं सय ७८ दशमलव ६८ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज मिड सोलु हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । युनियन हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।

प्रकाशित : १३ पुस २०८२, आइतबार, ,