मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ। मंगलबार बिहान ५ बजे सकिएको कर्फ्यूको समय बिहान ८:३० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बढाएको हो। यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यू मङ्गलबार बिहान ५ बजेसम्म थप भएको थियो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशमा काठमाडौं महानगरपालिकाको…