काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्। राष्ट्रपतिको कार्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिअनुसार भदौ २७ गते राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरिएको हो। यससँगै आगामी फागुन २१ गते विहीबारका दिन नयाँ प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय पनि गरिएको छ।