काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो मन्त्रालयबाट राजीनामा दिएका छन्।
फेसबुक स्ट्याटसमार्फत उनले आफू राजीनामा दिएको जानकारी दिएका हुन्। उनले लेखेका छन्, “प्रिय युवा भाइबहिनीहरू, तपाईंहरू मेरो प्रथम सहयोगी र जोशको स्रोत हुनुहुन्छ। हिजो जेन–जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार तथा प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु। हामी सबैले संयमता अपनाई युवा पुस्तालाई सही मार्गदर्शन दिन र सहयोग गर्न अपिल गर्दछु।”
यादव जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव पनि हुन् र वीरगन्जबाट निर्वाचित सांसद हुन्। जसपाबाट उनीसँगै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह पनि सरकारमा कार्यरत छन्।























प्रतिक्रिया