breaking news

काठमाडौं महानगरपालिकामा तीन दिन विद्यालय बन्द



काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ।

सोमबार जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् । सोही घटनालाई लिएर गृहमन्त्री रमेश लेखकले भने राजीनामा दिएका छन्।

सरकारको दमनलाई लिएको सरकारको विषयमा अहिले व्यापक आलोचना भइरहेको छ ।

प्रकाशित : २४ भाद्र २०८२, मंगलबार, ,