काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिख अन्तिम १६ मा पुगेको छ । गएराति सेल्टिकसँग १–१ गोलको बराबरी खेलेको बार्यन म्युनिख समग्रमा ३–२ गोलको अग्रता बनाउँदै अन्तिम १६ मा पुगेको हो ।

यस्तै फिएनोर्ड पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । हिजो एसी मिलानसँग १–१ गोलको बराबरी खेले पनि समग्रमा २–१ ले अघि रहेको फिएनोर्ड अन्तिम १६ मा पुगेको हो ।
यस्तै हिजोको खेलमा क्लब ब्रुगले एट्लान्टालाई ३–१ ले हराउँदा समग्रमा ५–२ गोलले एट्लान्टा प्रतियोगिताबाट बाहिरिएको छ ।
हिजोको अर्को खेलमा बेन्फिका र मोनाकोले ३–३ गोलको बराबरी खेले पनि समग्रमा बेन्फिकाले मोनाकोलाई ४–३ गोलले हराएको छ ।
प्रतिक्रिया