back

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

काठमाडौ । आइसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । समूह ‘डी’ अन्तर्गत हुने भनिएको आजको खेल वर्षाका कारण रद्द गरिएको हो ।

यो खेल रद्ध भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । फ्लोरिडाको लाउडरहिलमा नेपाली समयअनुसार बिहान सवा ५ बजे शुरु हुन पर्ने खेल वर्षाका कारण प्रभावित भएको हो ।

पानी परेर मैदान ओसिलो हुँदा खेल हुन नसकेको बताईएको छ ।टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा समूह ‘डी’ को नेपालले आज श्रीलङ्कासँग खेल्न लागेको थियोे । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । नेपालको यससँगै २ खेलमा १ अंक भएको छ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका साथ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २–२ अंक छ ।श्रीलङ्काले यसअघि दुई खेल खेलेकोमा पराजित भएको थियो । नेपालले श्रीलङ्कासँगको खेलपछि समूह चरणका अन्तिम दुई खेल वेष्ट इण्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ ।


बनेपा नगरपालिका
आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

वि.सं.२०८१ भदौ १८ मंगलवार ०९:४८

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको...

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

वि.सं.२०८१ भदौ ५ बुधवार २१:०९

काठमाडौं– नेपालमा जारी साफ यु–२० च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा...

युरोकपको फाइनलमा इङ्गल्यान्ड

युरोकपको फाइनलमा इङ्गल्यान्ड

वि.सं.२०८१ असार २८ बिहीवार ११:३४

काठमाडौँ-इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा...

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

वि.सं.२०८१ जेठ २१ सोमवार ११:१४

काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए...

आज नेपाल र अमेरिका भिड्दै :विश्वकप तयारी

आज नेपाल र अमेरिका भिड्दै :विश्वकप तयारी

वि.सं.२०८१ जेठ १७ बिहीवार १४:५९

काठमाडौं – टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज...

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्ण पदकसहित विश्व निकेतन मा.वि. त्रिपुरेश्वर प्रथम

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्ण पदकसहित विश्व निकेतन मा.वि. त्रिपुरेश्वर प्रथम

वि.सं.२०८० पुस २१ शनिवार ०९:३६

काठमाडौं । काठमाडौं महानगर पालिकाको आयोजनामा भएको महानगरस्तरीय तेस्रो राष्ट्रपति...