back

प्रेस चौतारीका अध्यक्षले औँल्याए मिसन २०८४ सफल पार्न गर्नुपर्ने योजनाहरु

काठमाडौं । प्रेस चौतारी नेपाल उदयपुरले प्रेस चौतारी आबद्ध पत्रकारहरूको लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
प्रेस चौतारी नेपालका सदस्यलाई समसामयिक विषय तथा वर्तमान सन्दर्भमा प्रेस चौतारी नेपाल र प्रेस चौतारीका सदस्यहरूको भूमिकाको विषयमा प्रशिक्षित गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको थियो । प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले एमालेले लिएको मिसन २०८४ पूरा गर्न तीनवटा काम गर्नुपर्ने बताउनुभयो । बस्नेतले त्यसको लागि एमालेका नेता कार्यकर्ताको व्यवहारमा सुधार, सहकार्य र सहअस्तित्व जरुरी रहेको बताउनुभयो । उहाँले पार्टी र जनवर्गीय संगठनका नेता कार्यकर्ताले तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने र गुटबन्दी त्याग्नु पर्ने प्रष्ट पार्नुभयो ।
समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न नेपालको भूगोल भित्र बस्ने मात्र होइन नेपाल बाहिर बस्ने नेपालीलाई पनि समेट्नु पर्ने उहाँले बताउनु । जसले यो अवधारणा ल्याएको हो, त्यसको नेतृत्व उसैले अर्थात् एमालेले नै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसको लागि सबैभन्दा पहिलो एमाले एक भएर अघि बढ्नु पर्ने बस्नेको भनाइ छ ।
देशका ७७ जिल्ला नबनी समृद्ध नेपाल नबन्ने र समृद्ध नेपाल नवनी सुखी नेपाली सम्भव नभएको उहाँले बताउनुभयो । यसका लागि एक अर्कासँग सहकार्य गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनभयो ।
आज व्यवस्था विरुद्ध आक्रमण भइरहेको बताउँदै बस्नेतले संविधान सँगसँगै केपी ओलीको पनि विरोध भइरहेको बताउनुभयो । ‘संविधान नपचेका शक्ति, लोकतान्त्रिक गणतन्त्रलाई नस्विकार्ने शक्ति, सो संविधान ल्याउन मुख्य भूमिका निर्वाह गर्ने केपी ओलीको विरोधमा उत्रिएका छन्, त्यसमा मलजल गर्ने काम हाम्रो दक्षिणको छिमेकीले गरिरहेको छ’, बस्नेतले भन्नभयो ।
संविधान जारी गर्ने सम्बन्धमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, देश निर्माणको सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, छिमेकीको मिचाहा प्रवृत्ति र नाकाबन्दीको विरुद्ध आँखा जुधाएर कुरा गरेको, देशको सार्वभौमिकता, सार्वभौमसत्ता, अखण्डताको पक्षमा अटल भएर उभिनु भएको कारण एमाले अध्यक्ष ओलीको विरोध भएको उहाँले बताउनुभयो ।
राजतन्त्रलाई मन्दिरमा राखिएको देवता समान मान्ने, छुनै नहुने, चलाउनै नहुने ठान्ने नेपाली कांग्रेस जनताको बहुदलीय जनवादको पछि लागेर गणतन्त्रसम्म आइपुगेको र बन्दुकको नालबाट मात्र शासन सत्ता प्राप्त हुन्छ भन्ने मान्यताको साथ हिंसात्मक आन्दोलनमा लागेको माओवादी पनि प्रचण्ड पथलाई त्यागेर जनताको बहुदलीय जनवादलाई स्विकारेर २०६२÷०६३ को आन्दोलनमा सहभागी हुन आइपुगेको कुरा बिर्सन नहुने उहाँले बताउनुभयो । ‘कसैले स्विकारे पनि नस्विकारे पनि यथार्थ यही हो’, प्रशिक्षणको क्रममा बस्नेतले भन्नुभयो ।
नेकपा एमालेको पहिलो सरकारले २०५१ सालमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएर लोककल्याणकारी राज्य के हो भनेर एमालेले संसारलाई सन्देश दिएको उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टी माथि अनेक आरोप लागिरहेको बेला एमालेले आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रम ल्याएको उहाँले स्मरण गराउनुभयो ।
जताको बहुदलीय जनवादको सार भनेकै समृद्ध नेपाल, सुखी नेपाली भएको बताउँदै बस्नेतले अरू जे जे भने पनि जबजको सार यत्ति भएको प्रष्ट पार्नुभयो । ‘यो अभियानबाट नेपाल अगाडि बढ्छ भन्ने बुझेर नै नेपालको प्रगति र समृद्धिको विरुद्धमा रहेका देशी, विदेशी शक्तिले नेकपा एमाले र केपी ओली माथि आक्रमण गरिरहेका छन्’, उहाँले भन्नुभयो ।
आज पुराना पार्टी सबै एकै हुन् भन्ने प्रचार गरिँदै भन्दै बस्नेले यही मौका छोपेर व्यवस्था विरोधीहरू भ्रम फिँजाएर व्यवस्था फाल्न सकिन्छ कि भन्ने योजनामा लागेका बताउनुभयो । ‘मुलुकलाई बनाउन नदिनको लागि, मुलुकलाई समृद्धिको बाटोमा जान नदिनको लागि, मुलुकमा अस्थिरता कायम गर्नका लागि ती शक्तिहरू पुराना दल काम लाग्दैनन् भन्ने भ्रम फिँजाउँदै छन्, यो कुरा जनतालाई बुझाउन जरुरी छ, त्यो भ्रमलाई चिर्न आवश्यक छ’, बस्नेतले भन्नुभयो ।
अहिले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनका क्रममा एमाले भित्र कतिपय ठाउँमा जुन गतिविधि देखिएका छन् त्यसले संगठनलाई अगाडि नबढाउने उहाँले बताउनुभयो । त्यसले संगठन बनाउने होइन सिद्ध्याउने काम गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
सबैले आफ्नो जिम्मेवारी बोध गरेर अघि बढ्ने हो भने एमालेले लिएको मिसन २०८४ सफल हुने र समृद्ध नेपाल, सुखी नेपालीको मार्गमा अघि बढ्न सकिने उहाँले बताउनुभयो । उहाँले यो अभियानमा खबरदारी गर्न प्रेस चौतारी आबद्ध पत्रकारलाई आग्रह गर्नुभयो ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...