back

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनहुँदैन -ओली

काठमाडौं श्रावण २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन्। शनिबार नेकपा एमाले परराष्ट्र मामिला विभागको आयोजनामा भएको वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति विषायक अन्तर्क्रिरया कार्यक्रममा ओलीले नेपालको नीति कतै ढल्कनेतर्फ लिन नपर्ने धारणा राखेका हुन्।

पूर्वप्रधानमन्त्री ओलीले भने,‘सैनिक गुटमा हामी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामेल हुँदैनौं। बाह्य सेना यहाँ राख्ने कुरा हुँदैन। हामी अन्य देशका सेनासँग कुटनीतिक रुपमा आवातजावत गर्दा, तालिम गर्दा पनि हामी छिमेकीको संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै स्थान तय गर्छौं।

ओलीले नेपाल कुनै पनि पक्षधरता देखाउनु नपर्ने भएकाले शान्तिका लागि तटस्थ बस्नुपर्ने बताए। उनले भने,‘युक्रेन–रुस वार होस् कि जुनसुकै होस्। शान्ति र न्यायको पक्षमा नेपाल रहेनुपर्छ। कसैको पक्ष लिनु आवश्यकता छैन।’

उनले वर्तमान सत्ता गठबन्धनलाई लक्षित गर्दै भारतसमेत तटस्थ रहँदा नेपालले कुनै पक्षधरता देखाउनु आवश्यक नभएको बताए। उनले भने, ‘हामी शान्ति समानता र न्यायको पक्षमा छौं। आन्तरिक मामलामा अहस्तक्षेप नीति अवलम्बन गर्छौं।’

उनले युद्धबाट लाभ लिन्छु भनेर कसैले सोच्छ भने त्यो भ्रम मात्र हुने बताए


थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...