back
noc

एल.आइ.सि नेपाल मिडिया अवार्ड २०७८ को एसोशीयट स्पोन्सर डबल ट्री बाइ हिल्टन होटल

काठमाडौं २ पुस । नेपालमा पहिलो पटक सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा एक अन्तर्राष्ट्रिय कम्पनी जोडिएको छ । लाइफ इन्स्योरेन्स करर्पोरेसन लि. मुख्य प्रायोजक रहेको यो अवार्डमा दुबईमा रहेको ‘ब्लु चिप इन्भेष्मेन्ट कम्पनी’ सहप्रायोजकको रुपमा आबद्ध भएको हो । हालै अवार्डका आयोजक संस्था ड्रिम हाइ नेपाल प्राली र ‘ब्लु चिप इन्भेष्मेन्ट कम्पनी’ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
दुबइमा ट्रेडिङ विजनेश लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लु चिप इन्भेष्मेन्ट कम्पनी’ ले बलिउड र साउथका कयौं फिल्ममा समेत लगानी गरेको छ । ‘ब्लु चिप’ का सिइओ रविन्दरनाथ सोनीले नेपालमा हुने अवार्ड कार्यक्रममा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । आगामी दिनमा नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न लागेको पनि उनले जानकारी दिए । अवार्डमा सहभागी हुन उनीसहितको टिम नेपाल आउने तयारीमा छ ।
‘पत्रकारिता हाम्रो शान अग्रज देखि अनुजलाई सम्मान’ भन्ने मुल नारा सहित गर्न लागिएको कार्यक्रममा लाल्चन ग्रुप मार्फत सञ्चालित पाच तारे होटेल डवल ट्री बाइ हिल्टन पनि सोही मिडिया अवार्डमा एसोसिएट प्रायोजनमा सहकार्य गरेको कुरा आयोजकले जानकारी गराउदै लाल्चन ग्रुपलाई धन्यवात समेत दिए भने मिडिया अवार्डमा जोडिन पाउदा आफु धेरै भन्दा धेरै खुशी भएको लाल्चन ग्रुपका सन्चालक समाजसेवी तथा ब्यावसायि सोम बहादुर लाल्चनले बताउनु भयो ।
‘नेपाल मिडिया अवार्ड’ को कार्यक्रम निर्मात्रीमा पुनम यादव रहेकी छन् । उनले यसअघि केही हिन्दी गीत निर्माण गरिसकेकी छन् भने चाँडै नेपाली र बलिउड फिल्म निर्माण गर्ने तयारीमा समेत छन् । उनले नेपालको अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुराउने आफूहरुको योजना रहेको बताइन् । उनीले अवार्ड कार्यक्रमलाई स्तरीय र भव्य बनाउन कुनै कसर नछाड्ने बताएकी छन् । त्यस्तै, ड्रिम हाइ नेपालका अध्यक्ष कमल जिसीले ‘ब्लूचिप’ सँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छ । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा टेलिभिजन, छापा माध्यम, एफ.एम.रेडियो र अनलाई मिडियालाई उसले वर्ष भरि गरेको कामको आधारमा सम्मानित गरिने छ ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...