तनहुँ– बारीमा उम्रिएको च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दशजना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङका नारायण मगरले बारीमा उम्रिएको च्याउ शुक्रबार साँझ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दशजना बिरामी भएका हुन् । बिरामी हुनेमा व्यास नगरपालिका–६ का गुरुबहादुर पुलामी, सुरेन्द्रबहादुर पुलामी, नारायण मगर, पवित्रा मगर, तिलबहादुर थापा मगर, चक्रबहादुर पुलामी, आरती पुलामी, केशव…