भक्तपुर, बागमति प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामा स्वस्थ्य मन्त्रि किरण थापाले धुलिखेल अस्पतालको अनुगमन तथा निरिक्षण गर्नु भएको छ। शुक्रबार र शनिवार परेको भिषण वर्षाका कारण आएको बाढी पहिरोमा परेर घाइते भएका विरामीहरुको
उपचारको अबस्था बुझ्न आज उहाहरु धुलिखेल अस्पताल पुग्नु भएको हो ।बागमति प्रदेशका १३ जिल्लाका बिभिन्न ठाउँबाट उद्धार गरि ल्याईएका सबै घाइतेहरुको उपचारको अबस्था बुझ्नका लागि धुलिखेल अस्पतालको अवलोकन गरि घाइतेको अबस्थाका बारेमा बुझेको स्वाथ्य मन्त्री किरण थापाले बताउनुभयो ।सदैब दिन दुखिहरुको सेवामा खटिने थापाले बाढिपिडितका लागि बिभिन्न जिल्लाबाट हेलिकप्टारमा उद्धार गरि ल्याइएका घाइते बिरामिहरुका लागि उपचारको सहज व्यबस्था मिलाउन अस्पताल प्रशासनलाई आग्रह गरनुभएको छ ।
मन्त्री थापाले बिभिन्न जिल्लामा बाढि पहिरोबाट अबरुद्ध भएको सडक छिटो भन्दा छिटो खुलाउन पनि पहल गर्नुका साथै घाइतेहरुको उद्धार गरि अस्पताल ल्याउन पहल गर्नुभएको थियो ।
प्रतिक्रिया