back

महालक्ष्मी नगरको समृद्धीमा उल्लेखनिय भूमिका खेलेकोभन्दै पूर्व मेयरलाई सम्मान

ललितपुर, । नेकपा एमाले वडा नं १ कमिटिले महालक्ष्मी नगरको समृद्धीका लागि पूर्व नगरप्रमुखले उल्लेखनिय भूमिका खेलेको उल्लेख गर्दै निवर्तमान नगरप्रमुख (मेयर) रामेश्वर श्रेष्ठलाई सम्मान गरेको छ ।
नेकपा एमाले वडा नं १ ले नयाँबस्ती सामुदायिक भवन इमाडोलमा मंगलबार बिहान आयोजना गरेको शुभकामना तथा बधाई तथा सम्मान कार्यक्रममा पूर्व पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले निवर्तमान नगर प्रमुख श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।
कमिटिले महालक्ष्मीका पूर्व मेयर श्रेष्ठलाई महालक्ष्मी नगरको अल्पकालिन र दिर्घकालिन आधारभूत बहुयोजनाहरुलाई सम्पन्न गरी निर्विवाद रही कोभिड महामारीको समयमा नगरवासीहरुको शिक्षा स्वास्थ्य र विकास निर्माण कार्यमा लागिपरेर कार्यकाल सफलताका साथ सम्पन्न गरेको भन्दै सम्मानपत्रमा उल्लेख गरेको छ ।
निवर्तमान मेयर श्रेष्ठलाई दिइएको सम्मान पत्रमा २०७४ सालको स्थानिय तहको निर्वाचनमा बहुमतले निर्वाचित मेयरले ५ बर्षे कार्यकालमा पार्टीले दिएको जिम्मेवारी तथा नगरवासीको चाहनाअनुरुप नगरको विकासका लागि अहोरात्र लागि परेको उल्लेख गरिएको छ ।
सो अवसरमा निवर्तमान नगरप्रमुखसहित गत बैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित महालक्ष्मी नगरपालिकामा एमालेका नगरप्रमुख हरिगोबिन्द श्रेष्ठसहित १ नं वडामा निर्वाचित वडा अध्यक्ष छिरिङ् लामा वडा सदस्यहरु र वडामा पार्टीमा रहेर लामो समयदेखि काम गर्दै आएका एमालेनिकट पदाधिकारीहरु सम्मानित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहनु भएका पूर्व मन्त्री नेपालले निर्वाचित स्थानिय सरकारका जनप्रतिनिधिहरुलाई शुभकामना र सम्मान गर्दै बिजयी प्राप्त मेयर उपमेयर र वडा अध्यक्षको प्राप्त परिणाम र सिटको हिसाबले निर्वाचनमा भएको क्षतिका बारेमा पनि गम्भिर समिक्षा गर्न जरुरी रहेको बताउनु भयो ।

‘सरकारले आगामी साउँनमा घोषणा गर्ने प्रदेशको कात्तिकमा र मंसिरमा हुने संसदिय चुनावमा बहुमतका साथ जित्न पनि गम्भिर रुपमा समिक्षा हुनुपर्दछ’ पूर्व मन्त्री तथा एमाले ललिपतपुर जिल्ला सह–ईन्चार्जसमेत रहनु भएका नेपालले भन्नुभयो ।

युवा नेतृ सुजाता थापाले अहिलेको राजनीतिको बिषयक कविता वाचन गरेर सुरुवात गरिएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला सहइन्चार्ज हरिकृष्ण ब्यञ्जनकार, केन्द्रिय सदस्य बाबुराम खड्का, बागमती प्रदेश सदस्य तथा २ नं क्षेत्रिय इन्चार्ज चिरञ्जिवी आचार्यले बधाई तथा शुभकामना दिनुभएको थियो भने कार्यक्रममा एमालेसम्बद्ध सक्रिय नेता तथा कार्यकताहरुको बाक्लो उपस्थिती रहेको थियो ।


सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२५

काठमाडौं मङ्सिर १७।नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड...

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:१५

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने...

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:०३

काठमाडौ । आज  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक...

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:१९

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आफ्नै घरमा नजरबन्द गरिएको...

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१८

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष...

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

वि.सं.२०८० मंसिर ४ सोमवार १३:४०

तातोपानी । चीनसँग जोडिएको उत्तरी तातोपानी नाका ब्यापार सहजीकरण सम्बन्धी...