काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धले आयोजना गरेको ‘प्रथम वडा अध्यक्ष’ सेभेन ए साइड फुटसल प्रतियोगिता २०७९ को प्रथम उपाधि हासिल गरेको सरस्वतीनगर स्पोर्टस क्लबले एक कार्यक्रमको आयोजना गरी खेलाडीहरु र समाजका विविध कार्यमा योगदान पुर्याउनुहुने समाजसेवी ब्यक्तिहरुलाई सम्मान गरेको छ।
सम्मानित हुने क्लबमा आवद्ध खेलाडीहरुमा मनिष भुजेल, डा. रामचन्द्र भण्डारी, ई. केशव भण्डारी, सन्तोष भण्डारी, बिमलराज त्रिपाठी, दिपेश श्रेष्ठ, कुबेर केसी,राजु भण्डारी,अमृत थापामगर, पेशल पहाडी, दिपेश्वर मानन्धर, श्याम श्रेष्ठ, गजेन्द्र गुरुङ,सुवास जोशी,माधव प्रसाद त्रिपाठी, सुमीत भट्ट,सागर लुइँटेल, कुशल केसी,सालिकराम तिमिल्सिना र गौरव मानन्धरलाई मायाको चिनो सहित खादा लगाएर सम्मान गरिएको थियो।
त्यसैगरी ६ नम्बर वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य भगवान थापा,स्थानीय समाज सेवीहरुमा रघुनाथ भण्डारी, रामहरि श्रेष्ठ, दीपक प्रसाद दाहाल, राधाकृष्ण पुडासैनी, हरिबोल बोगटी, रामकृष्ण उपाध्याय, बद्रीकुमार उपाध्याय, भुवन लामा,ज्ञानेन्द्र मास्के, नारायण कार्की, प्रकाशराज त्रिपाठीलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।
त्यस्तै पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय प्रशिक्षक ओम मास्के,बौद्ध भेट्रान का अध्यक्ष बिवेक लामा,कपन स्पोर्ट्स सेन्टरका सिईओ दामोदर भट्टराई, काभ्रे पोष्ट साप्ताहिकका सम्पादक एवं समाजसेवी दीपक प्रसाद चौलागाईं र उर्जाशील डटकम अनलाइनका अध्यक्ष एवं सम्पादक तारादेवी नेपाललाई मायाको चिनो सहित सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्लब का अध्यक्ष बिनोद पुडासैनीले प्रथम स्थान जिताउन सफल खेलाडीहरुलाई आभार व्यक्त गरे।क्लबको तर्फबाट समाजका विविध क्षेत्रहरूमा योगदान पुर्याउनुहुने अग्रज ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गरेका थिए।
सोमबार सम्पन्न भएको फाईनल खेलमा सरस्वतीनगर स्पोर्टस् क्लब ले ४–० गोल अन्तरले श्री टुसाल युवा क्लबलाई पराजित गर्दै नगद रु ५०,०००। र ट्रफी हात पारेको थियो। कार्यक्रम वेलकम पाटी भेन्यु सरस्वतीनगरमा सम्पन्न भएको थियो।

प्रतिक्रिया