समाचार

बसन्तपुरमा हाेलिकाे रौनक


३ चैत्र २०७८, बिहिबार, ,


३ चैत, काठमाडौं । दुई वर्षपछि उत्साहपूर्वक रुपमा होली मनाइएको हाे उल्लेख्य सङ्ख्यामा काठमाडौंको बसन्तपुरमा होली उत्सव लागेको छ ।

कार्यक्रममा युवायुवतीहरूको उल्लेख्य सहभागिता रहेकाे छ । उनीहरूले एकअर्कालाई अबिर लगाइदिएर आत्मीयता साटासाट गरेका छन् ।

बिगतका दुई वर्ष भने कोरोना महामारीका कारणले होलीको उत्साह रौनक देखिएको थिएन ।अहिलेकाे वर्ष भने कोरोना संक्रमण दर कम भएको कारणले सार्वजनिक कार्यक्रम गरी विभिन्न संघसंस्थाहरुले होली मनाईरहेका छन् ।

आज होलीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको हाे।

प्रकाशित : ३ चैत्र २०७८, बिहिबार, ,