समाचार

समाजसेवी कुँवरले बितरण गरे विद्यार्थीलाई न्यानो पोशाक


१५ फाल्गुन २०७८, आइतबार, ,


काभ्रेपलान्चोक । हजुरलाई नमस्ते सामाजिक अभियानका अभियान्ता समाजसेवी ताराबहादुर कुँवरले काभ्रे कोशीपारी विद्यालयहरूका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जिल्लाका विभिन्न गाउँहरूका १७ विद्यालयहरूमा उहाँले विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गर्नुभएको हो।

हजुरलाई नमस्ते सामाजिक अभियानका माध्यमबाट कुँवरले उक्त सहयोग वितरण गर्नुभएको हो । कुँवरले एक हजारभन्दा बढी व्यक्तिलाई यस्तो न्यानो कपडां प्रदान गर्नुभएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न शैक्षिक संस्थाहरूमा विद्यालय पोशाकमा एकरूपता कायम होस् र विद्यार्थीहरूले जाडोमा न्यानो कपडा लगाउन पाऊन् भन्ने मनशायले यस प्रकारको सहयोग वितरण गरिएको कुँवरले बताउनुभयो ।
अभियान कै रुपमा समाजसेवी कुँवरले कोरोना महामारीमा राहात सहयोग एवं जिल्लाका गाउँ गाउँमा निशुल्क स्वास्थ्य शिबिर समेत संचालन गर्दै आएका छन।

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार, ,