समाचार

सहकारीकर्मीहरुले भोलि विभाग घेर्ने


९ फाल्गुन २०७८, सोमबार, ,


काठमाडौं । सन्दर्भ ब्याजदरको विषयमा कुनै सुनवाई नभएको भन्दै भोलि सहकारीकर्मीले सहकारी विभाग बानेश्वर घेराउ गर्ने भएका छन् । सहकारी अभियानको तर्फबाट बजारमा तरलताको विषम अवस्थाको जानकारी गराएर सन्दर्भ व्याजदरमा पुनरावलोकनको लागि पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि सम्बन्धित निकायबाट कुनै सुनुवाई नभएको भन्दै सहकारीकर्मी आन्दोलनमा उत्रिएका हुन् ।

राष्ट्रिय सहकारी महासंघको अगुवाईमा भोलि बिहान ठिक ११ः०० बजे सहकारी विभागको कार्यालय नयाँ बानेश्वरमा विरोध कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी संघ लि., काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए । उनले सम्पूर्ण सहकारीकर्मीहरुलाई कार्यक्रममा सक्रिय उपस्थितिको लागि आह्वान समेत गरेका छन् ।

केहि दिन अघि विभागका रजिष्ट्रारलाई राष्ट्रिय सहकारी महासंघले पत्र लेखेर ३ दिन भित्र सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत तोक्न सुझाव दिएको थियो ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार, ,