back

सेयर बजारमा दोहोरो अंकले वृद्धि हुँदा यी कम्पनीको बढ्यो नाफा

काठमाडौं ९ फागुन । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ३९ अंकले घटेको नेप्से आज २५ अंकले वृद्धि हुँदा लयमा फर्केको हो ।
बिहीबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितो कर्जामा थप कडाइ गर्ने घोषणा गरेसँगै लगानीकर्ता आँत्तिदा आइतबार नेप्सेमा भारी गिरावट आएको थियो ।

सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब बढीले घटेर ३ अर्बमा सीमित भएको छ ।

सोमबार नेप्से २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ । आज २२४ कम्पनीको २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.२४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल, फाइनान्स, अन्य र लगानी समूहको परिसूचक पनि १ प्रतिशतले बढेको छ ।

आज कारोबार भएका २२४ कम्पनीमध्ये १७० कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे २६ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै,जीवन विकास लघुवित्त २६ करोड र अरुण भ्याली १० करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहेका छन ।

दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनाइटेड इदी मार्दी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, नेपाल हाइड्रो डेभलपर ७.१९, बुद्धभूमि नेपाल हाइड्रो ६.७२, साहस ऊर्जा ६.१२, एनआरएन इन्फ्रास्ट्रक्चर ५.३७, मनकामना स्मार्ट लघुवित्त, तेह्रथुम पावर, सामलिङ पावर, युनाइटेड मोदी र हिमालयन पावरको सेयर मूल्य ४ प्रतिशतले बढेको छ । त्यस्तै, न्यादी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, वरुण हाइड्रोपाव र मैलुङखोला जलविद्युत्का सेयरधनीले साढे ३ प्रतिशत कमाएका छन् ।


एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

वि.सं.२०८० भदौ २८ बिहीवार ०९:४३

काठमाडौं।संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज...

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

वि.सं.२०८० भदौ २७ बुधवार २०:१४

सिन्धुपाल्चोक। बाढी,पहिरोबाट प्रभावित पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख...

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

वि.सं.२०८० भदौ २७ बुधवार १४:३१

काठमाडौं ।परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा संस्थाको...

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

वि.सं.२०८० भदौ २४ आइतवार ०७:३८

काठमाडौं ।नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि....

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

वि.सं.२०८० भदौ २० बुधवार १३:५३

काठमाडौं।कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १०...

आज कृष्ण जन्माष्टमी मनाइँदै

आज कृष्ण जन्माष्टमी मनाइँदै

वि.सं.२०८० भदौ २० बुधवार १२:१६

काठमाडाैं भदौ २०। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज (बुधबार)...