back
Add
Add

एमसीसी : काठमाडौंमा संसद भवन र जिल्लामा जिप्रका घेराउ गर्दै ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा

काठमाडौं। ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले एमसीसीविरुद्ध आज पनि प्रदर्शन गर्ने भएका छन्।

काठमाडौ उपत्यकामा माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सहित नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ र देशव्यापी रूपमा सबै जिल्लामा व्यापक विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र समाजबादीका सचिब एबम् प्रबक्ता अरुण घिसिङले जानकारी दिए।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, चित्रबहादुर के.सी नेतृत्वको राष्ट्रिय जनमोर्चा , सी .पी. गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी ‘सुशिल’ नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरी जनताका संघर्षलाई व्यापकता प्रदान गर्नु आफूहरुको कर्तव्य भएको बताएका छन्।

एमसीसीबिरुद्द्को संघर्ष गम्भीर मोडमा पुगेको आन्दोलनरत दलहरूको निष्कर्ष छ । शनिबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
अमेरिकी राजदूत र्‍याण्डी वेरिको ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबल गरी पारित गराउने अन्तिम कसरतले उक्त कुराको पुष्टि गरेको उनीहरुको भनाइ छ।

‘एमसीसी जुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा आफूलाई आन्दोलित गरिरहेका नेपाली जनताका अगाडि जनसंघर्षको कार्यक्रमलाई उच्चता र व्यापकता प्रदान गर्नु आफ्नो कर्तव्य हुन आएको छ’ ६ दल र २ मोर्चाले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।(फाईल फोटो)


आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्यो यी उम्मेदवार

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्यो यी उम्मेदवार

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:१०

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं १...

सिन्धुपाल्चोकलाई एमालेको किल्ला बनाउन प्रतिवद्व छु: पुर्व मेयर अमान सिंह तामाङ पार्टी अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

सिन्धुपाल्चोकलाई एमालेको किल्ला बनाउन प्रतिवद्व छु: पुर्व मेयर अमान सिंह तामाङ पार्टी अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

वि.सं.२०७९ भदौ ६ सोमवार २१:४९

काठमाडौं, भदौ ६ । नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता एव...