समाचार

कोरोना तेस्रो लहरले बन्द भएका देशैभरका बिद्यालयहरु आजबाट खुल्दै


१ फाल्गुन २०७८, आइतबार, ,


काठमाडौं १ फागुन । कोरोना भाइरस को तेस्रो लहरका कारण पुस २७ गतेदेखि बन्द गरिएका देशभरका विद्यालय आजदेखि खुल्दैछन् । सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार आजदेखि सबै विद्यालयहरु सञ्चालन हुँदैछन ।

देशैभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै विद्यालयहरु बन्द गराइएको थियो । देशैभरिका शिक्षालयमा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन हुनेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई सबै विद्यालययहरुमा आजदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

१२ देखि १७ वर्ष उमेर समुहका सबै बाल बालिकाहरुलाई सरकारले खोप उपलब्ध गराइरहेको छ भने बाकीलाई लगाउने क्रम जारी छ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार, ,