back

तातोपानी नाका संचालनमा नआउँदा ब्यापारीहरु पलायन हुने स्थितिमा अध्यक्ष : श्रेष्ठ

बाह्रबिसे ,सिन्धुपाल्चोक —नेपाल चीनको ब्यापारीक नाका तातोपानी २०७२ को भुकम्प र २०७३ सालको भोटेकोसीको बाढीले पुर्याएको क्षतिका कारण सबै संरचनाहरु जीर्ण अवस्थामा छन् । भुकम्प पश्चात् क्षतिग्रस्त घरटहराहरु र पहिरोले ध्वस्त पारेको बजार अहिले पनि खण्डहर जस्तै उराठलाग्दो अवस्थामा छ।

लामो समयदेखि सरकारी पक्षबाट उचित पहल कदमी हुन नसक्दा तातोपानी नाका भएर व्यापार गर्ने ब्यापारीहरु ठुलो मर्कामा परेको हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ बताउनुहुन्छ

ब्यापार संघ संग आवद्ध साथीहरुको पहल कदमीका बीच तातोपानी नाकाको भौतिक संरचना मर्मत् सम्भार गरेर नाका सुचारु गर्न ब्यापार संघ लागि परेता पनि कोरोना महामारीको कारण देखाउँदै चीन पक्षले एकतर्फी आयातको रुपमा मात्रै नाका खुला गरेको भएता पनि एकतर्फि नाका पनि सहज रुपमा संचालनमा आउन नसकेको अध्यक्ष श्रेष्ठको भनाई छ। ।

२० वर्षदेखि चल्दैआएका एक हजार चार सय मालवाहक कन्टेनर, २ हजार ८ सय चालक र पाँच हजार मजदुरका परिवार बेरोजगार र विस्थापित हुनुपरेको अध्यक्ष श्रेष्ठले बताए।।
पछिल्लो समय तातोपानी नाकाबाट हुने ब्यापार ठप्प हुँदा यो नाका भएर व्यापार गर्ने ब्यापारीहरुनै पलायनको स्थितिमा पुगेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ।

नेपाल सरकारको तर्फबाट नाका संचालनका लागि उच्च निकायहरुबाट अनुगमन भएर आयात–निर्यात सहज बनाउने विषयमा चीनसँग छलफल गरिसकेको र नाका पूर्ण रूपमा खुलाउन पहल भइरहेको सभामुख सापकोटाले बताएका थिए । तर नाका पूर्ण रूपमा खुलाउन नेपाल तर्फको भौतिक संरचना पुर्ण रुपमा निर्माण नभैसकेका कारण पनि तातोपानी नाका संचालनमा आउन अझै समय लाग्ने देखिन्छ।


एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

वि.सं.२०८० भदौ २८ बिहीवार ०९:४३

काठमाडौं।संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज...

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

वि.सं.२०८० भदौ २७ बुधवार २०:१४

सिन्धुपाल्चोक। बाढी,पहिरोबाट प्रभावित पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख...

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

वि.सं.२०८० भदौ २७ बुधवार १४:३१

काठमाडौं ।परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा संस्थाको...

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

वि.सं.२०८० भदौ २४ आइतवार ०७:३८

काठमाडौं ।नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि....

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

वि.सं.२०८० भदौ २० बुधवार १३:५३

काठमाडौं।कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १०...

आज कृष्ण जन्माष्टमी मनाइँदै

आज कृष्ण जन्माष्टमी मनाइँदै

वि.सं.२०८० भदौ २० बुधवार १२:१६

काठमाडाैं भदौ २०। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज (बुधबार)...