अर्थ

३४ अंकले बढ्यो नेप्से, सात अर्ब ५१ करोडको शेयर खरिद बिक्री



काठमाडौं । नेप्से उच्च अंकले बढेको छ ।  अघिल्लो दिन पाँच दशमलव १७ अंकले घटेको नेप्से आज बिहिबार ३४ दशमलव २२ अंकले बढेर २६ सय दशमलव ३८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४० अंकले बढेर चार सय ५२ दशमलव ८१ अंकमा चढेको छ । तीन सय १९ वटा कम्पनीहरुको ५३ हजार एक सय १२ पटकको कारोबारमा दुई करोड ६० लाख १० हजार सात सय १८ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम सात अर्ब ५१ करोड ३९ लाख ३८ हजार चार सय ७३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेको छ भने बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ५९ अंकले बढेर १३ सय ७० दशमलव १८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ८७ दशमलव ७७ अंकले बढेर ३३ सय ७० दशमलव ८१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय २६ दशमलव ६० अंकले बढेर १२ हजार सात सय ७५ दशमलव १६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ८८ दशमलव शुन्य आठ अंकले बढेर १० हजार आठ सय ९१ दशमलव आठ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा एनआईबिएल स्टेबल फण्डले सबैभन्दा बढी गुमाएको छ । हिमालयन बैंकको संस्थापक शेयरको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रकाशित : १३ कार्तिक २०८२, बिहिबार, ,