सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ मा वडा अध्यक्ष तथा नेकपा (एमाले) का उम्मेदवार सरेश नेपालज्यूलाई जोडेर सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत फैलाइएका भ्रामक र कपोलकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
उक्त घटनासम्बन्धी यथार्थ तथ्य यस्तो हो कि एक स्थानीय बोलेरो चालकले मादक पदार्थ सेवन गरी सडक अवरुद्ध गरिरहेको अवस्थामा, बाटो नछेक्नू भनी सम्झाई–बुझाई सुरक्षित रूपमा पठाइएको थियो। यसबाहेक अन्य कुनै गलत व्यवहार वा घटना नभएको स्पष्ट गर्न चाहन्छु।
तर, केही व्यक्तिहरू तथा संगठनको नाम जोडेर तथ्यविहीन सामग्री प्रचार–प्रसार गरिनु अत्यन्तै निन्दनीय छ। यसले व्यक्ति मात्र होइन, संस्थाप्रति पनि भ्रम सिर्जना गर्ने र समुदायमा अनावश्यक अशान्ति फैलाउने काम गर्दछ।
त्यसैले यस्ता भ्रामक समाचार नफैलाउन र तथ्य पुष्टि नगरी कुनै सामग्री सार्वजनिक नगर्न सम्पूर्ण समुदाय तथा सम्बन्धित व्यक्तिहरूलाई विनम्र अनुरोध गर्दछु।
सुदीप श्रेष्ठ
वडा अध्यक्ष
चौतारा साँगाचोकगढी नगरपालिका–२, सिन्धुपाल्चोक























प्रतिक्रिया