राजनीति

सिआइवीले बोलाएपछि राजनीतिक र कानुनी परामर्श लिदै :नेता नेपाल



काठमाडौँ ।ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बोलाएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिक र कानुनी परामर्श गरेका छन्।

सोमबार विदेश भ्रमणबाट फर्किएपछि नेपाललाई सिआइवीले सोधपुछका लागि बोलाएपछि उनी परामर्शमा लागेका हुन्। स्रोतका अनुसार उनलाई मंगलबारका लागि उपस्थित हुन सिआइवीले आग्रह गरेको छ। सोमबार पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग सिआइवीले सोधपुछ गरेको थियो।

नेपालको आग्रहमा सोमबार साँझ सत्ता गठबन्धनको बैठक बसेर यस विषयमा छलफल गरेको थियो। नेपालले मंगलबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक नेतृत्व र कानुन व्यवसायीहरुसँग छलफल गरेका छन।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार, ,