काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको १०औँ महाधिवेशनको व्यवस्था यथावत राख्ने प्रस्ताव पारित भएको छ।
११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम गर्ने गरी विधान संशोधनको निर्णय गरेको हो।
स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार नयाँ संरचनामा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ९पोलिटब्युरोको एक तिहाइ०, र पोलिटब्युरो ९९ सदस्य राखेर कुल ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाइने निर्णय गरिएको छ।
बैठकमा ओलीले विधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको थियो। यससँगै एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ।
तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सो निर्णयप्रति विमति जनाएका छन्।
यसअघि, भदौ अन्तिम साता गोदावरीमा भएको विधान सम्मेलनले १५ सदस्यीय पदाधिकारीसहित ९एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव० २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो।
























प्रतिक्रिया