काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो सातामा चीन भ्रमणमा जाने पक्का भएको छ।
उनी अगस्ट ३१ र सेप्टेम्बर १ मा तियानजिनमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुनेछन्, जहाँ विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरू उपस्थित रहनेछन्। सो अवसरमा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
शिखर सम्मेलनबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले भारतको औपचारिक भ्रमण गर्ने तयारी पनि भइरहेको छ। यसअघि उक्त सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेललाई पठाउने विकल्पमा छलफल भए पनि अन्ततः प्रधानमन्त्री स्वयं सहभागी हुने निर्णय गरिएको हो।
ओलीले प्रधानमन्त्री बनेपछिको पहिलो आधिकारिक विदेश यात्रा गत वर्ष चीनमै गरेका थिए, र एक वर्षभित्र यो उनको दोस्रो चीन यात्रा हुनेछ। विश्व राजनीतिमा बढ्दो ध्रुवीकरणको पृष्ठभूमिमा हुने यो सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको छ।























प्रतिक्रिया