back
noc

कांग्रेस १४ औं महाधिवेशन कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौँ २९ मंसिर । कांग्रेसको १४ औं सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् ।
राति अबेर प्राप्त मत परिणाम अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो ।

शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो ।
यसपटक सभापतिका लागि शेर बहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।

१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पारेका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।

पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका थिए । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए ।


त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

वि.सं.२०७९ वैशाख २७ मंगलवार २२:५८

सिन्धुपाल्चोक ।त्रिपुरासुन्दरि गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेकाे जनलहर उर्लिएकाे छ।...

नेपाललाई ज्यान लिने धम्की

नेपाललाई ज्यान लिने धम्की

वि.सं.२०७९ वैशाख २६ सोमवार १९:३४

सिन्धुपाल्चोक । चौतारा सागाचाेकगढि नगरपालिका काठमाडौं सम्पर्क मंचका अध्यक्ष एमालेका...

काठमाडौं महानगरपालिका ६ वडामा जनताको व्यापक सहभागितामा घरदैलो कार्यक्रम

काठमाडौं महानगरपालिका ६ वडामा जनताको व्यापक सहभागितामा घरदैलो कार्यक्रम

वि.सं.२०७९ वैशाख २१ बुधवार १७:०४

काठमाडौं । काठमाडौं महानगर पालिका ६ न. वडामा नेकपा एमाले...

सुनकोशी गाउँपालिकामा एमाले माओवादीको सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक

सुनकोशी गाउँपालिकामा एमाले माओवादीको सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक

वि.सं.२०७९ वैशाख २१ बुधवार १०:४३

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँ पालिकामा स्थानीय चुनावमा नेकपा एमाले...

एमालेलाई जिताऔ अभियान सहित घर दैलो कार्यक्रम

एमालेलाई जिताऔ अभियान सहित घर दैलो कार्यक्रम

वि.सं.२०७९ वैशाख २० मंगलवार २१:४४

चौतारा। सिन्धुपाल्चोक चौतारा सागाचोकगढी नगरपालिका ४ नम्बर वडामा नेकपा एमालेको...

जसपा निकट नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघद्वारा कार्यसमिति समायोजन

जसपा निकट नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघद्वारा कार्यसमिति समायोजन

वि.सं.२०७९ वैशाख १५ बिहीवार १३:५६

काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै गर्दा जनता समाजवादी पार्टी (जसपा)...